डडेल्धुरा –डडेल्धुराको अजयमेरु गाउँपालिकाले ४५ करोड ३९ लाख ६ हजार बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि उक्त बजेट गाउँसभाको १३औँ अधिवेशनमा पेश गरेकी हुन् ।
अजयमेरु गाउँपालिकाले आइतबार ल्याएको बजेटमध्ये चालुतर्फ ९ करोड ५७ लाख ६० हजार, पूँजीगततर्फ १४ करोड १४ लाख ५३ हजार र सशर्ततर्फ २३ करोड ८६ लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाले केही दिन अघि ल्याएको नीति तथा कार्यक्रममा टेकेर आगामी आर्थिक बर्षको बजेट ल्याइएको बजेट पालले बताइन् ।
गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष उमेश भट्टले जानकारी दिए । गाउँसभाले बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको उनले बताए ।
अजयमेरुले चालु आर्थिक वर्षभन्दा आगामी बर्षको बजेट घटाएर ल्याएको छ ।