Sagun Khabar
बैतडीको सुर्नयामा बाघको आतंक, स्थानीय त्रसित 
फाइल तस्बिर
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा बाघले आतंक मच्चाएको छ । बाघले सुर्नयाको वडा नम्बर ३,४,५ र ६ मा  दिनदहाडै बाख्रा खान थालेको स्थानीयहरुले बताएका छन् । 

केहिदिन यतादेखि चराउन वन जंगल लगेका बाख्राहरु बाघले मार्न थालेको स्थानीय विष्णुदत्त भट्टले बताए । यस्तै सुर्नया ६ का विभिन्न स्थानका जंगलमा बाघले बाख्रा खान थालेको स्थानीय केशव अवस्थीले बताए । केहीदिन अघि गोठभित्रबाटै बाघले गाईको बाच्छो लगेको उनले बताए । आइतबार मात्रै सुर्नया ५ मा एकजनाको बाख्रा बाघले खाएको स्थानीय देवबहादुर चन्दले बताए  । 

वनमा चराउन लगेका बेला पशुचौपाया बाघले मार्न थालेपछि किसान चिन्तित बनेका छन् । बाख्रा खान थालेको बाघ गाउँबस्ती प्रवेश गर्ने भन्दै स्थानीयहरु त्रसित बनेका बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update