Sagun Khabar
गाडी दुर्घटनामा दिवंगत भएका मन्त्री सिंहको अन्तिम बिदाइ

बझाङ –गाडी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह र उनकी श्रीमति अमृता सिंहको अन्त्येष्टि गरिएको छ ।

गत मंगलबार धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी निधन भएका मन्त्री सिंह र उनकी पत्नी अमृताको शनिबार अत्येष्टी गरिएको हो । मन्त्री सिंह दम्पतीको शवयात्रामा ठूलो संख्यामा राजनीतिज्ञ, सुभेच्छुक र स्थानीयहरूको सहभागिता रहेको थियो । जिल्ला अस्पतालबाट सुरु भएको शवयात्रामा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय बासिन्दा लगायतको सहभागिता थियो ।

Atrya hospital

सोही दुर्घटनामा मृत्यु भएकी मन्त्री सिंहकी भाउजु जया सिंहको भने महेन्द्रनगरमा अन्त्येष्टी गरिएको थियो । मंगलबार दुर्घटना हुँदा मन्त्री सिंहकी पत्नी र भाउजुको घटनास्थलमै मृत्यु भएको थियो मन्त्री सिंहको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । 

मन्त्री सिंहका कान्छा छोरा आदेश सिंह अमेरिकामा रहेकाले उनलाई पर्खँदा दाहसंस्कारमा ढिलाइ भएको हो ।उनीहरूको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको थियो । जिल्ला अस्पतालबाट सुरु भएको शव यात्रामा सहभागी हुनका लागि जिल्लाका विभिन्न गाउँबाट शुभचिन्तकहरुको ओइरो लागेको थियो भने व्यापारीहरुले शोक प्रकट गर्नका लागि सदरमुकाम चैनपुर बजार पूर्ण रुपमा बन्द गरेका थिए ।

मन्त्री सिंहलाई श्रद्धाञ्जली अर्पण गर्न तथा अन्तिम बिदाई गर्न परराष्ट्रमन्त्री एनपी साउद, मुख्यमन्त्री कमल बहादुर शाह, बाजुराका सांसद बद्री पाण्डे पनि बझाङ पुगेका छन् ।

मन्त्री सिंहको शवलाई सदरमुकाम चैनपुर बजार परिक्रमा गराइएको थियो । उनको शवयात्रामा सहभागी अधिकांश मलामीका आँखा आँशुले भिजेका थिए ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउन लागेका सिंहलाई स्वागत गर्न भनेर उनेका फूलमाला पार्थीव शरीरमा चढाउनु पर्दा निकै असहज महसुस भएको बझाङवासीले बताएका छन् । 

उनको अन्तिम दाहसंस्कार सेती नदी किनारको डुङग्री आर्यघाटमा हिन्दु परम्परा अनुसार गरिएको छ । सिंह दम्पतीको शवमा उनका छोरा अभिषेक बहादुर सिंह र आदेश बहादुर सिंहले दागबत्ती दिए ।
 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update