Sagun Khabar
बैतडीको शिवनाथमा फेरी थपिए कोरोना संक्रमित 
फाइल फोटो
Atrya hospital

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएकै एकदिनपछि फेरी संक्रमित थपिएका छन् । सोमबार शिवनाथ गाउँपालिकाका ५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाको दोश्रो लहर फैलिएपछि आइतबार मात्रै गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको थियो । तर आज थप ५ जनामा कोरोना पुष्टि भएको छ । 

सोमबार शिवनाथका ५ जनामा कोरोना पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या शुन्य हुने स्थानीय तह दुई मात्रै रहेका छन् । तत्कालका लागि पुर्चौंडी र मेलौली नगरपालिकामा मात्रै कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update