Sagun Khabar
बैतडीमा सोमबार थप १९ जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा सोमबार थप १९ जनामा कोरोना पुष्टि भएको छ । केही दिन अघि सम्म संक्रमण हुने भन्दा निको हुनेको संख्या बढीरहेको बैतडीमा आज निको हुने भन्दा नयाँ संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोमबार पाटन नगरपालिकाका ९ जना, शिवनाथ गाउँपालिकाका ५ जना, दोगडाकेदार गाउँपालिकाका २ जना,सुर्नया गाउँपालिकाका २ जना र दशरथचन्द नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार दुईजना मात्रै संक्रमणमुक्त भएका छन् । जिल्लाको सिगास गाउँपालिका र दशरथचन्द नगरपालिकाका एक÷एक जना संक्रमणमुक्त भएका हुन् ।

Atrya hospital

जिल्लामा अहिले ६९ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकाका ३६, दशरथचन्द नगरपालिकाका ११, शिवनाथ गाउँपालिकाका ५ र दोगडाकेदार गाउँपालिकाका ५ जना रहेका छन् ।

यस्तै डिलाशैनी गाउँपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा ३ जना, सिगास गाउँपालिकामा २ जना र पञ्चेश्वर गाउँपालिकामा एकजना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लाको मेलौली र पुर्चौंडी नगरपालिकामा तत्कालका लागि सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ । बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणदर केही घटेको भएपनि जोखिम भने कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update