Sagun Khabar
जातीय सद्भाव बिगार्नेबाट सजक रहन कांग्रेस बैतडीको आग्रह 

बैतडी –नेपाली कांग्रेस बैतडीले सामाजिक सद्भाव बिगार्नेबाट सजक रहन आग्रह गरेको छ । केही दिन यता ब्राहमण एकता बैतडी नामक फेसबुक आइडी खोलेर नेपाली कांग्रेसका नेताहरुको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कांग्रेस बैतडीले यस्ता तत्वबाट सजक रहन आग्रह गरेको हो । सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस बैतडीले फेसबुक आइडी खोलेर नेताहरुको चरित्र हत्या गर्ने दुष्प्रयास भएको भन्द्र गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सभापति नरेन्द्रसिंहद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई प्रभावित तुल्याउने हिसाबले यस्तो कार्य गरिएको ठहर गरिएको छ । यस्तो कार्यमा संलग्न जो कोही भएपनि कानुन अनुसार कारवाही गर्न कांग्रेसले माग गरेको छ । 

Atrya hospital

यस्ता गतिविधिमा नेपाली कांग्रेसमै आवद्ध भएका व्यक्तिहरुको संलग्नता भएको पाइएमा विधान बमोजीम साधारण सदस्य समेत नरहने गरी कारवाही हुने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । 

पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत गरिएका दुष्प्रचारका पछि नलाग्न समेत कांग्रेसले आफ्ना नेता, कार्यकर्ताहरुलाई आग्रह गरेको छ । 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update