Sagun Khabar
बैतडीको एक सामुदायिक वनमा जथाभावी फडानी प्रकरण : छानबीन समिति गठन
फोटो : वन फडानी भएको बिषयमा छलफल गर्दै सामुदायिक वनका पदाधिकारी

 बैतडी –बैतडीको सुर्नया गाउँपालिका २ स्थित सिद्धनाथ सामुदायिक वनमा रुख काटिएको बिषयमा छानबीन गर्न सामुदायिक वन उपभोक्ता समितिले छानबीन समिति गठन गरेको छ । सोमबार बसेको सामुदायिक वन उपभोक्ता समितिले ३ सदस्यीय छानबीन समिति गठन गरेको समितिका सचिव मोहनबहादुर बिष्टले बताए । 

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दानसिंह बिष्टको संयोजकत्वमा गठन भएको छानबीन समितिको सदस्यमा मोहनबहादुर बिष्ट र सुना बिष्ट रहेका छन् । यस्तै समितिको सल्लाहकारमा सव डिभिजन वन कार्यालयका कर्मचारी केशवदत्त भट्टलाई राखिएको सचिव बिष्टले बताए । 

Atrya hospital

सिद्धनाथ सामुदायिक वनमा जथाभावी रुपमा रुख कटानी फडानी भएको भन्दै स्थानीय उपभोक्ताहरुले गुनासो गरेपछि त्यसको छानबीनका लागि समिति गठन भएको हो । समितिले तीनदिन भित्र प्रतिवेदन बुझाउने निर्णय भएको छानबीन समितिका सदस्य मोहनबहादुर बिष्टले बताए । उनले भने ‘सामुदायिक वनभित्र कति रुख काटिएका छन् । रुख, लोथ्रा वा पोथ्रा के कति काटिएका छन् । त्यो बिषयमा हामी स्थलगत अनुगमन गरेर प्रतिवेदन दिन्छौं ।’

नेपाल राष्ट्रिय मावि सिउडेको भवन निर्माणका लागि सामुदायिक वनबाट निर्माण समितिले जथाभावी रुख काटेर रातीको समयमा काठ ल्याएको आरोप लागेको छ । 

सोमबार सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अलंकार ढुंगाना समेतको उपस्थितीमा छानबीन समिति गठन भएको हो । छानबीन समितिले प्रतिवेदन दिएपछि के कति रुख काटिएको हो भन्ने बिषयमा जानकारी हुने छानबीन समिति सदस्य बिष्टले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १४:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update