काठमाण्डौ – साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।
भारतको बेङ्गलोरमा रहेको कन्तिराभा रङ्गशालामा आज बुधवार भएको खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको हो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १७:५८
प्रतिक्रिया दिनुहोस्