Sagun Khabar
जन्मदिनको अवसरमा बिष्टले गरे विपन्न परिवारलाई आर्थिक सहयोग 
Atrya hospital

बैतडी –रिलायबल नेपाल लाइफ इन्स्योरेन्स धनगढीका प्रमुख चन्द्रबहादुर बिष्टले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् । मजदुरीको क्रममा भारतमै श्रीमानको मृत्यु भएपछि विच्चलीमा परेको सुर्नया गाउँपालिका ५ का रमा बिष्टको परिवारलाई उनले सहयोग गरेका हुन् । 

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा समस्यामा परेको परिवारलाई सहयोग गर्नु राम्रो कार्य भएकाले आफूले शिवांश हेल्फ फाउण्डेसन मार्फत ९ हजार एक सय सहयोग गरेको बिष्टले बताए । 

रमा बिष्टका श्रीमान रोजगारीका सिलसिलामा भारत गएका र उतै मृत्यु भएपछि अहिले रमालाई स–साना नानी हुर्काउन निकै समस्या भएको छ । रमाको समस्यालाई मध्यनजर गर्दै शिवांश हेल्फ फाउण्डेसनले सहयोग अभियान सञ्चालन गरेको फाउण्डेसनका अध्यक्ष महेश अवस्थीले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update