Sagun Khabar
सुदूरपश्चिमका कानून मन्त्री सवार गाडी दुर्घटना

बैतडी - बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर जाने  क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो।

गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा मन्त्रीसहित चार जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेको छ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update