Sagun Khabar
कैलालीमा सुन सहित तीन जना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीको अत्तरियाबाट १२० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई सुनसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज घताने, २० वर्षीय महेश साकी र १८ वर्षीय विशाल जाग्री रहेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले बताए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update