Sagun Khabar
बैतडीको एक सडकमा वर्षाै  देखि बजेट नपरेपछि स्थानीयले जोतेर घोगा लगाए

बैतडी- बैतडीमा स्थानीयले सडक खनेर मकै लगाएका छन।  जिल्लाको  सुर्नया गाउँपालिका २ को पत्ताल भुमेश्वर गेटदेखि भम्कापानी सम्मको ग्रामीण शाखा सडकमा स्थानीयले  सडक खनेर मकै लगाएका हुन्  ।

वर्षाै देखि बजेट नपरेको र परेको बजेटलेपनि अन्य ठाउँमा काम हुने गरेको  भन्दै  स्थानीय युवा हरिश विष्टले हातेट्याक्टरले जोतेर मकै लगाएका हुन् । सडक निर्माणमा कसैले चासो नदिएपछि सडकमा परेको आफ्नो  जमिनमा मकै छरेको उनले बताए ।

Atrya hospital

भत्तालभुमेश्वर देखि डाँडाबाग सम्म जोड्ने सडक अधुरो रहेको  बताइएको छ । यो सडकको स्थानीयहरुले नै  मिलेर  एक दशक अगाडी उद्धघाटन गरेका थिए । सो सडक निर्माण गर्दा बिचमा सरकार पक्षबाट पनि बजेट आएको  थियो  तर कति बजेट आएको र  कहिले  आएको हो  यो  भने यकिन भएको  छैन् । 

सो शाखा सडक पत्ताल भुमेश्वर मुल गेटदेखि भम्कापानि  भन्ने ठाउँ र उता डाँडाबागबाट सुनीबाट सम्म विस्तार भएको बताइएको छ । त्यसपछि बजेट अभावमा सो सडक बिच भागमा खनिएको छैन् । ‘बाजेबुबाको सानो खेत थियो, रोडमा दिए ,जमिन संगै सडक विस्तारमा आर्थिक  सहयोग  पनि गरे, आज  वर्षाे  हुँदा सम्म पनि  रोडले  पूर्णता नपाएपछि  खनेर मकै लगाउन बाध्य  भएको  हुँ, विष्टले भने । 

उनले  यो सडक विस्तार हुँदा चन्दा समेत दिएका थिए । राजनीतिकदलका नेता, जनप्रतिनिधि लगायत सरोकारवालाहरुले कुनै चासो नदिएकाले  जोतेर मकै लाउन बाध्य भएको  युवा विष्टले बताए । जनश्रमदान, स्थानीयको चन्दा र सरकारको थोरै बजेटमा  निर्माण भएको  सडकले पूर्णता नपाएपछि नागरिकहरु आक्रोसित भएका छन् ।

 दशरथचन्द राज मार्ग देखि जोडिएको सो शाखा  सडक पूर्ण नहुँदा त्यहाँका नागरिकहरुलाई  समस्या भएको छ । अहिले यातायातको सुविधा नहुँदा समस्या भएको नागरिकहरुको  भनाई  छ ।   

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update