Sagun Khabar
बैतडीका शिक्षक धनवीरको  काइदा, तरकारी खेती गरेर मनग्य फाइदा 

बैतडी– बैतडीमा एक शिक्षक तरकारी खेती बाट राम्रो आम्दानि गर्दै आएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका–३ पोखरेठीका धनवीरसिंह साउदले तरकारी खेती गरेर मनग्य आम्दानि गर्दै आएका हुन् ।

पेसाले शिक्षक रहेका धनविरले तीन वर्ष देखि कृषि कर्ममा लागेको बताए । शिक्षक पेसा भएपनि बाँकी समयमा कृषि कर्ममा रमाउने गरेको उनले बताए ।उनी तरकारी खेतीबाट वार्षिक साढे तीन देखि ४ लाख  सम्म आम्दानी गर्दै आएका छन् । सिजनमा राम्रो फलेर बजार पाएपछि राम्रै आम्दानि हुने गरेको उनले बताए । मौसमी र बेमौसमी तरकारी खेतीमा रमाएका उनले टमाटर र गोबी राम्रो फल्ने गरेको बताए ।

Atrya hospital

जिल्लाको शिवनाथ गाउँपालिका–३ पोखरेठीमै रहेको गर्वेश्वर आधारभूत विद्यालयमा राहतकोटामा उनि कार्यरत रहेका छन् । शिक्षक पेसा भन्दा कृषि कर्म राम्रो लाग्न थालेको उनले बताए ।‘तीन वर्ष भयो   तरकारी खेती गर्न थालेको, दिउंसो  विद्यालय जान्छु बिहान बेलुका कृषि कर्ममा, अब त शिक्षण भन्दा कृषि पेसा मन पर्न थाल्यो’ उनले  भने । कृषिप्रधान देशका हामी नागरिक कर्म नगरेर पछि परेका शिक्षक साउदको  भनाई छ ।

पालिकाबाट अनुदान पाए अझै व्यवसायलाई वृद्धि गर्ने सोच बनाएको उनको भनाई छ । थोपा सिंचाई बाटै  धनविरले पाँच रोपनि जमिनमा तरकारी लगाएका छन् । यो वर्ष पनि तरकारी राम्रै फलेको  उनले  बताए । पालिबाट प्राविधिक सहयोग मिलेपनि अहिले सम्म कुनै अनुदान नमिलेको उनले बताए ।

गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडा अध्यक्ष केशब दत्त कलौनीले बताए । कृषकहरुलाई प्रोत्साहित गर्ने खाल कार्यक्रम ल्याउनका लागि पहल भैरहेको उनले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update