Sagun Khabar
बैतडीको गढीमा  राष्ट्रिय बाणिज्य बैंकको विस्तारित शाखा 

बैतडी- बैतडीको गढीमा राष्ट्रिय बाणिज्य बैंकको एक्सटेन्सन काउन्टर विस्तारित शाखा स्थापना गरिएको  छ । राष्ट्रिय बाणिज्य बैंकले सेवाग्राहीको सहजताका लागि विस्तारित शाखा स्थापना गरेको हो । 

आज शुक्रबार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको उपस्थितिमा विस्तारित शाखा स्थापना गरेर सेवा शुभारम्भ गरिएको राष्ट्रिय बाणिज्य बैंक बैतडीका शाखा प्रबन्धक  दिपेन्द्र प्रशाद अवस्थीले  जानकारी दिए । दशरथचन्द नगरपालिकाको भवनमा विस्तारित शाखा स्थापना गरिएको उनले  बताए ।

उनका अनुसार एक जना कर्मचारी राखेर सेवा दिन थालिएको छ । सो शाखामा सेवाग्राहीले नगद जम्माका साथै राजस्व जम्मा गर्न सक्ने छन् । बैंकमा सेवाग्राहीको चाप हुने  भएकाले  विस्तारित शाखाबाट सेवालिनका लागि नागरिकहरुलाई सहज हुने  अपेक्षा गरिएको शाखा प्रबन्धक अवस्थीले बताए ।

जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय लगायत बैतडी गढीमा रहेका कार्यालयहरुमा बुझाउनुपर्ने राजस्वको भौचर सेवा ग्राहीले विस्तारित शाखामा बुझाउन सक्ने छन् । यसबाट बैंकमा  लामो समय लाइन बस्नु पर्ने बाध्यता हट्ने छ ।  

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update