Sagun Khabar
विरामी आमालाई भेट्न हिडेका छोराको भिरबाट लडेर मृत्यु

बझाङ- बझाङमा विरामी आमालाई भेट्न हिडेका छोराको भिरबाट लडेर मृत्यु भएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ का ३३ बर्षिया लडे जेठाराको मृत्यु भएको उनका आफन्त चक्र बहादुर बोहराले बताए।

घरमा ७३ वर्षीया आमा गदि देवी बोहरा गम्भिर विरामी भएको खबर पाएपछि यार्सा संकलन गर्ने ठाउँ पार्थीबाट घरका लागि हिँडेका थिए।

घर फर्किने क्रममा हलेलीको भिरबाट लडेर बेपत्ता भएका जेठाराको शुक्रबार विहान मृत अवस्थामा शव फेला परेको बोहराले जानकारी दिए । यार्सा संकलनकै क्रममा यस वर्ष सुर्मा गाउँपालिका मात्रै मात्रै ६ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update