बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं २ र ३ मा बाशुलिङ्ग धार्मीक सेवा समिति गठन गरिएको छ । वडा नं २ र ३ स्थित प्रशिद्ध धार्मिक स्थल बाशुलिङ्ग धामको विकासका लागि धार्मीक सेवा समिति पुर्नगठन गरिएको हो ।
बुधबार सुर्नयाको कटपते खुलखुलेमा बसेको भेलाले १७ सदस्यीय धार्मिक सेवा समिति पर्नुगठन गरेको स्थानीय गौरि दत्त भट्टले जानकारी दिए । बाशुलिङ्ग धार्मीक सेवा समितिको अध्यक्षमा गणेश दत्त भट्ट चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा युवा व्यवसायी विनोद प्रशाद भट्ट, सचिवमा नवराज भट्ट, सहसचिवमा भरतमोहन भट्ट, कोषाध्यक्षमा बाशुलिङ्ग देवताका धामी पदम राज भट्ट चयन भएका छन् भने सह कोषाध्यक्षमा मन्दिरका भराडे अर्जुन भट्ट चयन भएका हुन् ।
यस्तै सदस्यमा सुर्नया २ ग्वानीका मोहन विष्ट र नरेन्द्र विष्ट, लिस्किटाका भान बहादुर चन्द,दिपक कुमार पाण्डे चयन भएका छन् । यस्तै सुर्नया २ डुङ्गरीबाट कृष्ण सिंह ऐरी,गोयलीबाट सहदेव भट्ट, बाँसबाट धर्म सिंह विष्ट, यस्तै तडीगाउँ टोलबाट सदस्यमा अर्जुन भट्ट, धौलसिंह धामी र गडागाउँबाट राधेश्याम भट्ट र गंगादेवी धामी चयन भएकी छन् ।
बाशुलिङ्ग देवताको छत्रछायामा रहेका सबै टोल भेगबाट समेटेर समिति पुर्नगठन गरिएको जनाउँदै उपाध्यक्षमा चयन भएका युवा व्यवसायी विनोद भट्टले बाशुलिङ्ग धामको प्रचारप्रशारका साथै विकासका लागि पहल चालिने बताए ।
बाशुलिङ्ग देवतालाई बरदानी देवताको रुपमा पूजाआजा गरिन्छ । बरदानी देवताको धाम बाशुलिङ्ग धाममा गएर धुपबत्ति गरे मागेको फल प्राप्ती हुने जनविश्वास रहिआएको छ । बाशुलिङ्ग धाममा टाढा टाढाका दर्शनार्थीहरु दर्शनका लागि आउने गरेका छन् ।




