बैतडी- बैतडीमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले संगठन विस्तार गर्न थालेको छ । देशमा भैरहेको भ्रष्टाचार, मानववेचविखन, छुवाछुतका विरुद्ध संघर्ष गर्ने हेतुले संगठन निर्माण भैरहेका विप्लव बैतडीका जिल्ला सेक्रेटरी श्याम भट्टले जानकारी दिए ।
संगठन विस्तारका क्रममा जिल्लाको सुर्नया गाउँपालिकामा बिहीवार समितिहरु गठन गरिएका छन् । गाउँपालिकाको वडा नं २ सतबाँझमा बसेको भेलाले युवा संगठन नेपालको २४ सदस्यीय जिल्ला समिति र श्रमिक समुदाय मोर्चाको २४ सदस्यीय जिल्ला समिति गठन गरेको जिल्ला सेक्रेटरी भट्टले बताए ।
महेन्द्र सिंह सी को युवा संगठन नेपालको समिति गठन गरिएको छ भने निशचल सी को अध्यक्षतामा समिति गठन गरिएको हो । व्याप्त भ्रष्टाचर विरुद्ध सघर्षका कार्यक्रम गर्नका लागि समितिलाई सकिृय पार्न खोजिएको उनको भनाई छ । जिल्ला इन्जार्च राम सिंह सी को प्रमुख आतिथ्यतामा सतबाँझमा भएको भेला सम्पन्न भएको हो । सबै पालिकामा संगठन विस्तार गरिने बताइएको छ ।




