बैतडी- नेपाल परिवार नियोजन संघ बैतडी शाखाको १३औँ वार्षिक साधारण सभा तथा अधिवेशन सप्पन्न भएको छ । जिल्लाको पाटनमा रहेको कर्यालयको सभा हलमा विभिन्न कार्यक्रमका बिच १३औँ साधारण सभा तथा अधिवशेन बिहीवार सम्पन्न भएको हो ।
कार्यक्रममा आर्थिक बर्ष ०७९÷८० को कार्यक्रमको प्रगति प्रतिबेदन सचीव रमेश कोलि र आर्थिक प्रतिबेदन कोषाध्य्क्ष देवु ठगुन्नाले पेस गरेका थिए । सम्पन्न अधिवेशनले नयाँ कार्य समिति पनि चयन गरेको छ । अधिवेशनबाट मानबहादुर चन्द सभापतिमा चयन भएका छन् ।
यस्तै कोषाध्यक्षमा देवु ठगुन्ना चयन भएकी छिन् । यस्तै युवा सदस्यमा लक्ष्मी पुजा विष्ट , माया चन्द, कोपीला ऐरी, महिला सदस्यमा हिरा ऐर, सरस्वती कोली, विशेषज्ञ सदस्यमा लक्ष्मी दत्त पाण्डेय, हरिश विष्ट, र महिला विशेषज्ञ सदस्यमा सुशीला भण्डारी , शाबित्री महरा चयन भएका सल्लाहकार समिति सदस्य रमेश कोलीले जनाकारी दिए ।
यस्तै नेपाल परिवार नियोजन संघ बैतडी शाखा सल्लाहकार समिति पनि गठन गरेको छ । उत्तर बहादुर चन्दको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो ।
सस्दयमा निर्वतमान सचिव रमेश कोली, हरि प्रशाद जोशी र बसन्ती लुहार छन् । बिहीवार सम्पन्न कार्यक्रममा पाटन नगरपालिका नगरप्रमुख गौरी सिंह रावल, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह विष्ट, नेपाल परिवार नियोजन संघकी केन्द्रिय सदस्य भागरथी भट्ट लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।




