Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

बैतडी- बैतडीको सुर्नया गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको  छ ।   बिहीवार एक कार्यक्रमको आयोजना गरेर पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको  हो । 

१६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने खोप पाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको  गाउँपालिकाका स्वास्थ्य  शाखा प्रमुख  रामसिंह महराले  जानकारी दिए । कार्यक्रमा जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

जन्मेदेखि १५ महिना सम्मका ४ सय ३९ जना र १६ देखि ५९ महिना सम्मका १२ सय  ५३ जना बालबालिकाले   पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको  स्वास्थ्य  शाखा प्रमुख  महराले  बताए ।  पालिकाभित्र रहेका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएपछि पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने गरिएको छ । 

अहिले  पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा  गर्न  लागिएको र केही दिनमै बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भैरहेको स्वास्थ्य कार्यालय  बैतडीका   सूचना अधिकारी विपीन  लेखकले बताए । बैतडी जिल्ला २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा भईसकेको र त्यसपछि हरेक बर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update