Sagun Khabar
बैतडीमा जातीय विभेद गरेको भन्दै सिडीओलाई ज्ञापन पत्र, उपप्रमुख चन्दको सर्वत्र आलोचना 

बैतडी- बैतडीमा जातीय विभेद भएको भन्दै सिडीओलाई ज्ञापन पत्र बुझाइएको   छ । जिल्लाको दशरथचन्द नगरपालिका कार्यपालिका बैठकमा जातीय विभेद भएको भन्दै दलित अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई  ज्ञापनपत्र बुझाएका हुन् ।

जातीय विभेद गर्ने आशयले दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दले अभिव्यक्ति दिएको भन्दै दलीत अधिकारकर्मीहरुले बुधबार प्रमुख जिल्ला अधिकारीलाई  ज्ञापनपत्र बुझाएका छन् ।

जेठ २१ गते कार्यपालिका बैठकमा  कार्यपालिका सदस्य प्रेम दयालले जनप्रतिनिधि भएर दलितले छोएको पानी खादैनन् भन्ने कुरा उठाउदा उपप्रमुख कौशीलाले पानी खानु आफ्नो व्यक्तिगत अधिकारको कुरा भएको भन्ने प्रतिक्रिया दिएकोप्रति दलित अधिकारकर्मिहरु बिरोधमा उत्रिएका छन् । विभेद झल्कने खालका अभिव्यक्तिले जातीय विभेदलाई प्रशय दिएको अधिकारकर्मी कर्ण दयालले बताए ।

उप प्रमुखले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने उनको भनाई छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी  पन्थीले उपप्रमुख  चन्दलाई बोलाएर घटनाको बारे बुझ्ने बताएका छन्। 

जातीय विभेद गरेको भन्दै  अहिले  उपप्रमुख चन्दको   सर्वत्र आलोचना भैरहेको  छ । यता उपप्रमुख  चन्दले भने आफुले कुनै पनि किसिमको जातीय विभेद नगरेको बताएकी छिन्  । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update