बैतडी- एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बिमितका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । रोगका कारण ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका ५ कफाडी जाखडा गाउँका अनिल बहादुर चन्दको परिवारलाई ५ लाख ८ हजार २ सय ८५ रुपैयाँ भुक्तानी गरेको हो ।
मृतक चन्दकी श्रीमती गीता चन्दलाई मृत्यु दाबी रकमको चेक हस्तान्तरण गरिएको एशियन लाइफ इन्स्योरेन्स कम्पनी बैतडी शाखा प्रमुख तर्क राज भट्टले जानकारी दिए । रकम हस्तान्तरण कार्यक्रममा बैतडी शाखा प्रमुख तर्क राज भट्ट ,वरिष्ठ अजेन्सी म्यानेजर खेम राज कलौनी,अजेन्सी म्यानेर कृष्ण बहादुर चन्दको सहभागीता रहेको थियो ।
२०७७ साल फागुन १८ गते चन्दले सावधिक जीवन बीमा अन्तरर्गत ५ लाखको बीमा गराएका थिए । उनले एक किस्ता मात्रै बुझाएका थिए । चन्दको बिमा गरेको ३ महिना पछि मृत्यु भएको थियो ।
बिमितको निधन भएकाले कम्पनीले बिमा दाबी भुक्तानी गरेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी बैतडी शाखा प्रमुख तर्क राज भट्टले बताए । चन्दको घरमा श्रीमती र दुइ छोरा रहेका बताइएको छ ।




