Sagun Khabar
बैतडीमा सामाजिक अपराध तथा रोकथाम सम्बन्धि विद्यार्थीलाई प्रशिक्षण 

बैतडी- बैतडीमा सामाजिक अपराध तथा रोकथाम सम्बन्धि विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय  बैतडीले सामाजिक अपराध तथा रोकथाम सम्बन्धि प्रशिक्षण दिएको  हो । 

जिल्लाको दशरथचन्द नगरपालिका ८ स्थित जगदम्बा मावि रानीबुङ्गा त्रिपुरामा अध्यायनरत विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरण तथा रोकथाम सम्बन्धि प्रशिक्षण  दिइएको छ भने पुर्चौडी नगरपालिका १ स्थित डिलेश्वरी मावि हाटमा सामाजिक सञ्जालको सहि प्रयोग सम्बन्धि प्रशिक्षण दिइएको  जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको  छ । 

यस्तै मेलौली नगरपालिका वडा ४ स्थित बिजयपिर मावि. तिताबैईमा अध्यायनरत विद्यार्थीहरुलाई  सामाजिक अपराध तथा रोकथाम सम्वन्धी जनचेतनामुलक प्रशिक्षण कार्यक्रम गरिएको बताइएको  छ । मातहतका प्रहरी युनिटहरुबाट खटिएको प्रहरी टोलिले जनचेतनामूलक प्रशिक्षण दिएको हो ।

 समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बैतडीले बेलाबेला  यस्ता कार्यक्रम गर्दै आएको छ । विद्यार्थीहरुलाई सामाजिक अपाराधका बेफाइदा बारे जानकारी गराएर यसबाट बच्नका प्रहरीले विद्यालयमै गएर सचेतनामूलक कार्यक्रम गरि रहेको हो । यसबाट अपराध कम हुने अपेक्षा गरिएको छ ।  

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update