Sagun Khabar
बैतडीको शिवनाथामा कोरोनाका सक्रिय संक्रमित शुन्य 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएको छ । गाउँपालिकाका एकजना संक्रमित व्यक्तिले आइतबार कोरोना जितेपछि सक्रिय संक्रमितको संख्या शुन्य भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए । 

कोरोनाको दोश्रो लहर फैलिएपछि गाउँपालिकाका ५० जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका ५० जनाले नै कोरोना जितेको उनले बताए । 

Atrya hospital

यो संगै जिल्लामा तीन स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य भएका छन् । मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका र शिवनाथ गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

शनिबार मात्रै सक्रिय संक्रमित शुन्य भएको डिलाशैनीमा आइतबार थप ५ जनामा संक्रमण पुष्टि भएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  ०७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update