Sagun Khabar
बैतडीको मेलौलीमा आपतकालिन  कार्य सञ्चालन केन्द्र स्थापना 

बैतडी- बैतडीको मेलौलीमा आपतकालिन  कार्य सञ्चालन केन्द्र स्थापना भएको  छ ।  विपद्का बेला उद्धारमा सहयोग पुर्याउने  हेतुले आवश्यक  उद्धार सामग्री  सहितको आपतकालिन   कार्य सञ्चालन केन्द्र स्थापना भएको  हो ।

नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखा बैतडी  र सुरक्षित नेपाल परियोजनाको सहयोगमा मेलौली नगरपालिकामा शाखाको स्थापना गरिएको नगर प्रमुख भीमबहादुर चन्दले बताए । 

मेलौली नगरपालिका भित्रका वडामा तत्काल उद्धार टोली पठाउन आवश्यक सामग्री सहित केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाईटीका शाखा बैतडीका  फिल्ड कोर्डिनेटर रुपक कठायतले बताए । आपतकालिन  केन्द्रमा उद्धारका सम्पूर्ण सामग्री राखिएको बताइएको  छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update