Sagun Khabar
बैतडीको शारदा माविका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित 

बैतडी- बैतडीको एक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ५ मा रहेको  शारदा मावि ढुङ्गाडमा  विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।

   छात्राहरु बेहोस हुन थालेपछि विगत दुई हप्ता देखि पठनपाठन प्रभावित भएको प्रधानाध्यापक मिन बहादुर चन्दले बताए । छात्राहरुमा रुने, कराउने र बेहोस हुने लक्षण देखा परेका उनले  बताए । 

उनका अनुसार  ४÷५ वर्ष पहिले पनि एक चोटी विद्यार्थीहरुमा यस्तो  समस्या देखिएको थियो । त्यो बेला केहि दिनमै ठिक भएपनि अहिले  दुई  हप्ता देखि  विद्यार्थी रुने कराउने र बेहोस हुने  क्रम रोकिएको  छैन् । विहानको  समयमा लाइनमा लागेका बेला र  कक्षा कोठामा छात्राहरु बेहोस भएर ढल्ने गरेका छन् ।  

के  कारणले  छात्राहरुमा रुने,कराउने बेहोस  हुने समस्या देखा परेको हो  पत्ता लागेको  छैन् । छात्राहरुमा यस्तो समस्या  देखिएपछि पालिकालाइ  खबर गरिएको  प्रधानाध्यापक चन्दले  बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update