Sagun Khabar
बैतडीका ६ ओटा स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा

बैतडी- बैतडीका ६ ओटा स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएका छन् । १६ महिनादेखि ५९  महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने खोप पाएपछि पालिकाहरु पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका हुन् ।

अहिले सम्म जिल्लाको दशरथचन्द  नगरपालिका, पाटन नगरपालिका,मेलौली नगरपालिका र डिलाशैनी गाउँपालिका सिगास गाउँपालिका र शिवनथा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए ।

पालिकाभित्र रहेका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएपछि पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने गरिएको उनले  बताए ।  बाँकी  रहेका  पालिकालाई पनि केहि दिनमै  पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेर बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भैरहेको  सूचना अधिकारी लेखकले बताए । बैतडी जिल्ला २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा भईसकेको र त्यसपछि हरेक बर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update