Sagun Khabar
बैतडीमा वन अतिक्रमण गरेर बनेका २७ ओटा घर भत्काइए 

बैतडी- बैतडीमा वन अतिक्रमण गरेर बनेका  घर भत्काइएको  छ ।  जिल्लाको  मेलौली नगरपालिकामा सामुदायिक वन अतिक्रमण गरेर  बनेका  २७ ओटा घर भत्काइएको  हो ।

 मेलौलीको वडा नं  ७ चापछाड सामुदायिक वन र वडा नं ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरि बनेका घर भत्काइएका डिभिजन वन कार्यालय  बैतडीका प्रमुख भिम प्रशाद कंडेलले  बताए ।

कानून विपरित वन अतिक्रमण गरेर बनेका घर भत्काइएका उनले बताए । वन कार्यालयले  यस अघि  दुई पटक घर खालि गर्न  १५ दिनको सूचना जारी गरेको  थियो ।  

सूचनाको  अवज्ञा गरिएपछि अहिले  घर भत्काइएका छन् ।  जिल्ला प्रशासन कार्यालय  वन कार्यालय र  मेलौली नगरपालिका, सुरक्षा निकायको संयुक्त प्रयाशमा वन अतिक्रमण गरेर बनेका अवैध संरचना हटाइएका  हुन् । 


 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update