बैतडी- बैतडीमा एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नं २ का १५ जना एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको हो ।
आय आर्जनमा सहज होस भनेर भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र पाटनको सहयोगमा बाख्रा वितरण गरिएको नगर प्रमुख भिम बहादुर चन्दले जानकारी दिए ।
१५ जना एकल महिलालाई एक÷एक बाख्रा बितरण गरिएको उनले बताए । भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जिल्लाका प्रत्येक पालिकाका एक वडामा बाख्रा वितरण गर्दै छ । जिल्लाका अन्य पालिकामा पनि केहि दिनमै बाख्रा बितरण गरिने भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानि दत्त पन्तले बताए।
आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले एकल महिलालाई बाख्रा वितरण भैरहेका उनले बताए । । बाख्रा पालनबाट एकल महिलालाई आयआर्जनमा टेवा पुग्ने र आर्थिकरुपमा आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ ।




