Sagun Khabar
फेसबुकमा गलत प्रचार गरेको भन्दै कांग्रेस बैतडीका नेताहरुको आपत्ती 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसंगै जिल्लाहरुमा पनि यसको व्यापक चर्चा हुन थालेको छ । अहिले विभिन्न खालका गुटउपगुटहरु बैतडीमा पनि सक्रिय हुन थालेका छन् । महाधिवेशन नजिकिदै गर्दा कांग्रेसभित्रको आन्तरिक किचलो पनि सार्वजनिक हुन थालेको हो । 

केही नेताहरुको नाम जोडेर बाह्रमण एकता बैतडी नामक फेक आइडी बनाएर आफूहरुलाई बदनाम गर्न खोजिएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेसका बैतडीका नेताहरुले संयुक्त विज्ञप्ती प्रकाशन गरेर आफूहरु कुनै जातीय राजनीतिमा नलागेको प्रष्ट पारेका छन् । महाधिवेशनलाई नै असर पार्ने गरेर केही अराजक तत्वहरुले आफूहरुलाई बदमान गर्न खोजेको नेपाली कांग्रेस बैतडी क्षेत्र नं (ख)का क्षेत्रीय सचिव  शिवराज भट्टले बताए । 

Atrya hospital

फेसबुकमा आएका गलत र झुटा कुराहरुको पछि नलाग्न पनि कांग्रेस बैतडीका नेताहरुले विज्ञप्ती मार्फत आग्रह गरेका छन् । आगामी १४ औं महाधिवेशनलाई स्वतन्त्र, निष्पक्ष र धाँदली रहित ढंगले सम्पन्न गर्न आफूहरु प्रतिबद्ध रहेको भट्टले बताए । 

यसैबीच कांग्रेसका नेताहरुको नाम जोडी ब्राहमण एकता बैतडी फेक आइडी बनाउनेलाई कारवाहीको माग गर्दै साइबर ब्युरोमा मुद्दा दर्ता भएको छ । नेपाली कांग्रेसका नेता जनकराज भट्टले दोषीलाई कारवाहीको माग गर्दै ब्युरोमा मुद्दा दर्ता गरेका हुन् । उनले भने ‘हामीहरुलाई बद्मान गर्ने हिसाबले फेसबुकमा गलत आइडी बनाइएको छ । यसका विरुद्ध हामीले साइबर ब्युरोमा मुद्दा दर्ता गरेका छौं ।’

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १८:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update