Sagun Khabar
फोहर व्यवस्थापन गर्न बैतडीको सुर्नया २ ले बाँड्यो बजारमा  डस्टविन 

बैतडी- बैतडीको सुर्नया गाउँपालिका २ ले  बजार क्षेत्रमा डस्टविन वितरण गरेको छ । फोहर व्यवस्थापन गर्नका लागि वडा कार्यालयले सतबाँझ र सिउडेबजारमा डस्टविन वितरण गरेको हो ।

 फोहर व्यवस्थापन गरि बजार क्षेत्र सफा राख्न  डस्टविन वितरण गरिएका वडा अध्यक्ष गणेश बहादुर  विष्टले जानकारी दिए । डस्टविन  प्रत्येक व्यवसायीको  पसल र सार्वजनिक स्थलमा राखिएका छन् । डस्टविनले फोहर मैला व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको  छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update