Sagun Khabar
नीति तथा कार्यक्रम र बजेटको तयारीमा बैतडीका स्थानीय तह

बैतडी- बैतडीका स्थानीय तह अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको  तयारीमा जुटेका छन् । जिल्लाका १० ओटै स्थानीय तह अहिले अगामी आर्थिक वर्ष  २०८०÷८१को   नीति तथा कार्यक्रम र बजेटको  तयारीमा जुटेका हुन् । 

जनप्रतिनिधिहरुले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि तयारी भैरहेको  बताएका छन् ।  असार १० गते  भित्र नीति तथा कार्यक्रम र बजेट ल्याउने  तयारी भएको पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहराले बताए ।

केहि दिन पहिले नगर भित्रका बौद्धिक व्यक्तिहरु संग सुझाव मागिएका र प्राप्त सुझावकै  आधारमा नीती तथा कार्यक्रम बनाइन लागिएको उनले बताए । यस्तै मैलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर  चन्दले असार पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी भएको  बताए  । 

केहि दिनमै नगरसभा बस्ने र त्यसपछि  नीति तथा कार्यक्रम ल्याउने तयारी भएको  उनले बताए । २ गते  भित्र नीति तथा कार्यक्रम ल्याउने तयारी भएको र  बजेट  निर्माणमा छलफल भैरहेको  नगर प्रमुख चन्दले  बताए । यस्तै  जिल्लाको सुर्नया गाउँपालिकाले  पनि नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेको  बताएको छ  । 

समय सीमा भित्रै बजेट ल्याउनका लागि अहिले आवश्यक छलफल भैरहेको गाउँपालिकाका अध्यक्ष अम्मर  बहादुुर  कुँवरले बताए । पालिकाबासीहरु  संग  सुझाव सल्लाह मागेर नीति तथा कार्यक्रम र बजेटका लागि छलफल भैरहेको उनले बताए । जनप्रतिनिधिहरु विज्ञका राय सुझाव लिएर नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेका  हुन् । 

शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण भैरहेको  जनप्रतिनिधिहरुको  भनाई  छ । अन्य  स्थानीयतहरुले  पनि नीति तथा कार्यक्रम र बजेट निर्धारित समयमै ल्याउने  गरि तयारी भैरहेको बताएका छन् । 

संविधानतहःस्थानीय सरकारले आगामी असार १० गते भित्र बजेट ल्याइसक्नु पर्छ ।  यहाँका स्थानीयतहरु नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटिरहेका बेला युवाहरुले रोजगारी सिर्जन गर्ने खालका योजना प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । वितरणमूखि भन्दा नतिजा दिने  खालका योजना प्राथमिकतामा राख्नु पर्ने युवाहरुको  भनाई  छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update