बैतडीको पाटन ५ मा योजना अनुगमन
बैतडी- बैतडीको पाटन नगरपालिका वडा नं ५ मा योजनाको अनुगमन गरिएको छ । नगरपालिकाका उपप्रमुख कमल बोहरा अपिको टोलिले आज योजनाहरुको अनुगन गरेको हो । संघ प्रदेश र स्थानीयतहको बजेटबाट चालु वर्षमा निर्माण भैरहेका योजनाहरुको अनुगमन गरिएको नगर उपप्रमुख बोहराले बताए ।
वडा नं ५ बसन्तपुरमा निर्माण भैरहेका र निर्माण सम्पन्न मन्दिर, वडा कार्यालय भवन र बसन्तपुर देहिमाडौ सडक खण्डको अनुगमन गरिएको उनले बताए । अनुगमनका क्रममा कुनै त्रुटी नदेखिएको र सबै योजनामा मापदण्ड अनुसार कामभएको पाइएको इन्जिनियर मोहन देव भट्टले बताए ।
अनुगमन टोलीमा उपप्रमुख कमल बोहरा, प्रशासन शाखा प्रमुख राजेन्द्र भट्ट वडा अध्यक्ष फनि सिंह बोहरा, पत्रकार तथा अन्य प्राविधिहहरुको सहभागिता थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १८:२४
प्रतिक्रिया दिनुहोस्




