Sagun Khabar
सवारी दुर्घटना परेर बैतडीमा वडा अध्यक्ष र वडा सचिव  घाइते 

बैतडी- बैतडीमा सवारी दुर्घटना परेर वडा अध्यक्ष र सचिव घाइते भएका छन् ।  जिल्लाको  पाटन नगरपालिका  वडा नं  ६ हिरापुरमा  मोटरसाइकल र जिप एकआपसमा  ठोक्किर  दुर्घटना हुँदा जिल्लाको  पाटन नगरपालिका  वडा नं   ८ वडा अध्यक्ष हरिश विष्ट  र  वड नं ९मा कार्यरत सचिव राम दत्त जोशी घाइते भएका जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी प्रवक्ता योगेश खत्रीले बताए ।

  सोमबार अप्रान्ह करिब ४ बजेको समयमा पाटनबाट खोडपेतर्फ जाने  क्रममा वडा अध्यक्ष र सचिव सवार से १ ब १२९ नं को मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको  सुपप्र ०१ ००१ च २६६९ नं जिपले दशरथचन्द राजमार्गमा पर्ने पाटन नगरपालिका ६ स्थित हिरापुर नजिकै ठक्कर दिदा वडा अध्यक्ष बिष्ट र वडा सचिव जोशी घाइते भएका हुन् ।

वडा अध्यक्ष बिष्टको खुट्टा, अनुहार र शरिरका अन्य भागमा गम्भिर चोट लागेको छ भने वडा सचिव जोशीका खुट्टामा चोट लागेको बताइएको  छ ।  घाइते दुवैजनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले  जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update