बैतडीको शिवनाथमा २ सय ५० घरधुरीलाई झुल वितरण
बैतडी- बैतडीमा अढाइसय घरधुरीलाई झुल वितरण गरिएको छ । लामखुट्टेबाट जोगाउन जिल्लाको शिवनाथ गाउँपालिकामा स्थानीयलाई झुल वितरण गरिएको हो ।
वडा नम्बर ५ मा औलो, मलेरिया रोगबाट बच्नका लागि झुल वितरण गरिएको वडा अध्यक्ष केशव चन्दले जानकारी दिए । वडाका लामाखाली, बगजेबला, सिम, कुलाकोट, बकुन्ना, डाडाकोट, गुफाडी, भाटागडा, डोसेरा, छिणा, माटागाउँ टोलका २ सय ५० घरधुरीलाई लामु खुट्टेबाट जोगाउन झुल वितरण गरिएका उनले बताए।
टोलहरु मलेरिया रोगको उच्च जोखिम देखिएकाले लामखुट्टेको टोकाईबाट बच्न झुल वितरण गरिएका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ०८:३७
प्रतिक्रिया दिनुहोस्




