Sagun Khabar
एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा पाल 

बैतडी- एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा सुरेन्द्र बहादुर पाल चयन  भएका छन् । एमाले   संसदीय दलका नेता राजेन्द्र सिंह रावलले पाललाई प्रमुख सचेतकमा नियुक्त गरेका   हुन्  । एमाले संसदीय दलको प्रमुख सचेतक पदमा  पाल नियुक्त भएका हुन् । 

एमाले बैतडीका अध्यक्ष समेत रहेका  पाल जिल्लाको   प्रदेश सभा १ बाट निर्वाचित सांसद हुन् । यस्तै सचेतकमा निर्मला देबि साउद चयन भएकी बताइएको  छ । एमालेले प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम एमाले संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्त गरेको हो ।

 सुदूरपश्चिम प्रदेश सभामा तेस्रो ठुलो दल रहेको एमाले  अहिले  प्रमुख प्रतिपक्षको भूमिकामा छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update