बैतडीमा फेला परेको बेवारीसे शवको सनाखत भएन
बैतडी- बैतडीमा फेला परेको बेवारीसे शवको सनाखत हुन सकेको छैन् । शुक्रबार राति जिल्लाको शिबनाथ गाउँपालिका–२ खैरेनि नजिक महाकाली नदीको किनारमा फेला परेको अन्दाजी ३५वर्षीय पुरुषको शव सनाखत हुन नसकेको हो ।
सडेको अवस्थामा भेटिएका पुरुष को हुन भन्ने अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
अनुहार सडेको अवस्थामा शव भेटिएकाले पहिचानमा समस्या भएको उनले बताए । मृत भेटिएका पुरुषको शरिरमा कालो पाईन्ट, निलोकालो कलरको कलरवाला टिसर्ट छ ।
सो शवलाई अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । शव बारे थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता खत्रीले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० ०९:२३
प्रतिक्रिया दिनुहोस्




