बैतडी –कैलालीको गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आज घोषणा गरिएको आम हड्तालको प्रभाव बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा परेको छ ।
संघर्ष समितिले घोषणा गरेको आम हडतालका कारण यातायात, शिक्षण संस्था लगायत बन्द रहेका छन् । बैतडीमा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन आउन सकेका छैनन् । आमहड्तालका कारण छोटो तथा लामो दुरीका सवारी साधन बन्द रहेका महाकाली बहुउद्देश्यीय यातायातका सम्पर्क व्यक्ति कर्णबहादुर पाण्डे काजीले बताए ।
आमहडतालका कारण सार्वजनिक सवारी साधन सञ्चालनमा नआउँदा नागरिकलाई भने सास्ती भएको छ ।
सरकारले नीति तथा कार्यक्रममा गेटामा विश्व विद्यालय स्थापना गर्ने कुरा उल्लेख गरेको भएपनि बजेटमा भने प्रतिष्ठान बनाउने घोषणा गरेको थियो । त्यसपछि सुदूरपश्चिममा सरकारी निर्णयको विरोध हुँदै आएको छ । गेटामा विश्वविद्यालय स्थापना हुनुपर्ने यहाँका नागरिकको माग रहेको छ ।




