Sagun Khabar
बैतडीमा आइतबार ८ जनाले कोरोना जिते, थप ७ जनामा संक्रमण पुष्टि 

बैतडी –बैतडीमा आइतबार ८ जनाले कोरोना जितेका छन् । दोगडाकेदार गाउँपालिकाका ३, पञ्चेश्वर गाउँपालिकाका २, पाटन नगरपालिकाका २ र शिवनाथ गाउँपालिकाका एकजनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै आज थप ७ जनामा कोरोना पुष्टि भएको छ । डिलाशैनी गाउँपालिकाका ५, दशरथचन्द नगरपालिकाका १ र दोगडाकेदार गाउँपालिकाका थप एकजनामा कोरोना पुष्टि भएको हो । 

Atrya hospital

जिल्लामा अहिले ५२ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा २७ जना, दशरथचन्द नगरपालिकामा ११ जना, डिलाशैनी गाउँपालिकामा ५ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना र सिगास गाउँपालिकामा ३ जना रहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समयमा जिल्लामा संक्रमणदर घट्दै गएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update