Sagun Khabar
बैतडीको  मेलौली  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा

बैतडी- बैतडीको  मेलौली नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा भएको छ ।  शुक्रबार एक कार्यक्रमको  आयोजना गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा  गरिएको  हो।  स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ मेलौलीलाई  पूर्ण  खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो ।

खोपको मापदण्ड पुरा गरेपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको मैलौली  नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताए ।  नगरपालिकाका ९ वटै वडामा रहेका १६ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाले  खोप  पाएको  उनले बताए ।

कार्यक्रममा बोल्दै  नगरपालिकाका नगरप्रमुख भीम बहादुर चन्दले स्वास्थ्य क्षेत्र  प्राथमिकतामा राखिएकाले यसमा जनताको  सहज पहुँच स्थापित गरेर  गुणस्तरीय सेवा उपलब्ध गराउन नगरपालिका प्रतिवद्ध रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update