बैतडी –जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमका बारेमा जानकारी दिनका लागि मुख्य सडकका छेउछाउमा होडिङ बोर्ड राख्न थालेको छ । बजार र सडकका छेउछाउमा सचेतनामूलक होडिङ बोर्ड राख्ने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक दशरथ नाथले जानकारी दिए ।
ट्राफिक नियम लेखिएका होडिङ बोर्डहरु राख्ने कार्य भइरहेको छ । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमका बारेमा सचेतना जगाउनका लागि होडिङ बोर्ड राख्ने कार्य भइरहेको प्रहरी सहायक निरीक्षक नाथले जानकारी दिए ।
विभिन्न स्थानीय तहहरुसंग सहकार्यमा होडिङ बोर्ड राख्ने काम भइरहेको छ । यो भन्दा पहिला सवारी चालक तथा सहचालकहरुलाई ट्राफिक नियमका बारेमा अन्तरक्रिया गरेर जानकारी दिइएको प्रहरी सहायक निरीक्षक नाथले बताए । उनले भने ‘ट्राफिक नियमका बारेमा सबैलाई जानकारी होस भनेर हामीले होडिङ बोर्ड राख्ने कार्य गरिरहेका छौं । यसले सवारी दुर्घटना न्यूनीकरणका लागि सहयोग गर्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।’
सवारी दुर्घटना न्यूनीकरणका लागि बेलाबेला सवारी साधन चेकजाँच, ट्राफिक नियमका बारेमा सचेतना लगायतका कार्यक्रमहरु समेत भइरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।




