बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा शिक्षकहरुका लागि योग प्रशिक्षण प्रशिक्षक तालिम शुरु भएको छ । शंकर संस्कृत मावि मूलखटालीमा शिक्षकहरुका लागि योग प्रशिक्षण तालिम बिहीबारदेखि शुरु भएको सुर्नया गाउँपालिकाका प्राविधिक सहायक टंकप्रसाद अवस्थीले बताए ।
योग प्रशिक्षण तालिममा १९ विद्यालयका १९ जना शिक्षकहरुको सहभागिता रहेको छ । पालिकाभरी रहेका माध्यमिक तह र कक्षा ८ सम्म पढाई हुने आधारभूत तहका विद्यालयका एक÷एक जना शिक्षकहरुको तालिममा सहभागिता रहेको छ ।
सुर्नया गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा पनि योग शिक्षा समावेश गरिएकाले शिक्षकहरुलाई योग प्रशिक्षक तालिम दिने कार्य शुरु गरिएको प्राविधिक सहायक अवस्थीले बताए ।
तीनदिन सम्म चल्ने योग प्रशिक्षण तालिममा शिक्षकहरुलाई योगका सैद्धान्तिक र व्यवहारिक ज्ञानहरु सिकाउने गरिएको छ । तालिममा सहभागी शिक्षकहरुले आफ्ना विद्यालयहरु समेत योग शिक्षा सिकाउन सहज होस भनेर तालिम दिइएको सुर्नया गाउँपालिकाले जनाएको छ ।




