Sagun Khabar
बैतडीको ज्यापुमा जीवन रक्षाले ड्रम वितरण गर्यो 

बैतडी –बैतडीको पाटन नगरपालिका–८ ज्यापुका ५१ घरपरिवारलाई ड्रम वितरण गरिएको छ । जीवन रक्षा केन्द्रले सर्वाङ्गीण विकास कार्यक्रम अन्तर्गत स्थानीय नागरिकलाई ड्रम वितरण गरिएको हो । स्थानीयहरूको स्वस्थ खानपान र तरकारी खेतीतर्फ आकर्षण बढाउन ड्रम वितरण गरिएको जीवन रक्षा कार्यक्रमका संयोजक राज मनरालले जानकारी दिए ।

स्थानीय नागरिकहरुलाई पानी संकलनका लागि सहज होस भनेर ड्रम वितरण गरिएको मनरालले बताए । 

जीवन रक्षा कार्यक्रम अन्तर्गत पाटन नगरपालिकाका ६ ओटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा छ । जनप्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई ड्रम वितरण गरिएको हो । विद्यार्थीका अभिभावकहरुलाई सहजताका लागि ड्रम वितरण गरिएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update