सुदूरपश्चिमका तीनसहित ९ जिल्लामा दादुरा–रुबेला खोप अभियान सुरु
बैतडी –सुदूरपश्चिम प्रदेशका तीनसहित नौ जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ । सुदूरका कैलाली, कञ्चनपुर र बाजुरासहित सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ र सुर्खेतमा खोप लगाउन सुरु गरिएको हो ।
यी जिल्लामध्ये केही केहीमा आजबाट खोप लगाउन सुरु गरिएको र केहीमा सम्बन्धित जिल्लाले आफ्नो अनुकूल समयमा भोलि वा पर्सिदेखि अभियान सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियानमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइनेछ ।
विभिन्न जिल्लामा दादुरा महामारी देखिएपछि अन्य जिल्लामा फैलिन सक्ने जोखिम बढेको भन्दै बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिन थालिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १३:२३
प्रतिक्रिया दिनुहोस्




