गोकुलेश्वर अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाइने
बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउने भएको छ । बुधवार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउने बताएका हुन् ।
शैल्यशिखर नगरपालिका–९ स्थित अस्पताललाई प्रदेश मातहत ल्याइने भएको हो ।
यस्तै डडेल्धुराको जोगबुढा अस्पताल, कैलालीको लम्कीचुहा र बाजुराको कोल्टी अस्पताललाई पनि प्रदेश स्तरीय अस्पताल बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० १९:५५
प्रतिक्रिया दिनुहोस्




