Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा  ओपीडी सेवा पुनः सुचारु 
Atrya hospital

बैतडी – जिल्ला अस्पताल बैतडीले आजदेखि ओपीडी सेवा शुरु गरेको छ । कोरोना कहरका कारण गत वैशाखदेखि बन्द रहेको ओपडी सेवा सुचारु भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

अस्पतालमा कोरोनाका बिरामीहरुको संख्या शुन्य भएपछि ओपीडी सेवा शुरु गरिएको छ । कोरोना भाईरसको जोखिमका कारण यसअघि आकस्मिक र प्रसुती बाहेकका सेवा बन्द गरिएको थियो । जिल्ला अस्पतालले आइतबारबाट सबै सेवा नियमित रुपमा सुचारु गरेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

जिल्ला अस्पतालमा ओपीडी सेवा सञ्चालनमा आएपछि नागरिकहरुलाई सेवा लिन सजिलो भएको छ । 

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update