Sagun Khabar
सुदूरपश्चिममा तीनदिन यता कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, शनिबार २७ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्यमा झरेको छ । लगातार तीन दिन यता सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । कोरोनाको संक्रमण घट्दै गएपछि परीक्षण पनि घटाइएको छ ।

यस्तै शनिबार ३७ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ३७ जनाले कोरोना जितेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५०३ जनाको कोरोना परीक्षण हुँदा थप २७ जनामा कोरोना पुष्टि भएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update