Sagun Khabar
बैतडीका तीन स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य 

बैतडी –बैतडीका ३ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएको छ । जिल्लाको मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

जिल्लाको डिलाशैनी गाउँपालिकामा रहेका एक जना सक्रिय संक्रमित संक्रमणमुक्त भएपछि गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको हो । यसअघि मेलौली नगरपालिका र पुर्चौंडी नगरपालिकामा सक्रिय संक्रमितको संख्या शुन्य भईसकेको छ । सक्रिय संक्रमित रहेका स्थानीय तहमा पनि अहिले संक्रमितको संख्या निकै थोरै रहेको स्वास्थ्य प्रमुख भट्टले बताए । उनले भने ‘अहिले संक्रमणदर घटेको छ । तर जोखिम भने कायमै छ । त्यसैले स्वास्थ्यका मापदण्ड भने अपनाउनुपर्ने हुन्छ ।’

Atrya hospital

सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा २९ जना, दशरथचन्द नगरपालिकामा १० जना, दोगडाकेदार गाउँपालिकामा ५ जना, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा ३÷३ जना रहेका छन् ।

यस्तै सुर्नया गाउँपालिका र  शिवनाथ गाउँपालिका एक ÷एक जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा अहिले ५३ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाका कारण जिल्लामा अहिले सम्म १८ जनाको ज्यान गईसकेको छ ।  
 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update