बैतडी- बैतडी घर भएका देउडा गायक जेआर भट्टको ¥याप रहेको मोहनी देउडा गीत बजारमा आएको छ । पछिल्लो समय टिकटकबाट चर्चामा आएका जेआर र अमृत नाथको शब्द सिर्जनामा रहेको मोहनी नामक डिजे देउडा गीत बजारमा आएको हो ।
यो गीतमा शब्द जे आर भट्ट र अमृत नाथको छ । गौरव जोशीको लय रहेको यो गीतलाई निर्देशन रमेश बिजुली बिसीले गरेका हुन् । मिक्सिङ एरेन्ज दिपक सङ्गम बिसीले गरेका हुन् भने रेकर्डिङ सेर बहादुर बोहराले गरेका छन । गीतमा किसु पन्त,किरन पन्त,भावना भट्टले अभिनय गरेका छन् ।
अमृत नाथको युटुब च्यानलबाट गीत सार्वजनिक भएको छ । यो गीतमा अमृत नाथले स्वर दिएका छन् भने जेआरले डोट्यालीमा ¥याप हानेका छन् । उनको ¥यापलाई स्रोताले सर्वाधिक रुचाएका छन् । सो डोट्याली ¥याप अहिले टिकटकमा पनि भाइरल बनेको छ । सुदूरपश्चिमको देउडा संस्कृतिको जर्गेना गर्ने उदेश्यले देउडा गायक जेआर एक पछि अर्काे प्रस्तुति पस्कि रहेका छन् । उनको प्रस्तुतीमा शुद्ध डोट्यालीको स्वाद चाख्न पाइन्छ ।
कलाकार जेआर आफ्नो भाषा, कला, संस्कृति बचाउन देउडाको माध्यमबाट लागि परेका छन् । नव उदित कलाकार जेआर संस्कृति जगेर्ना गर्ने धेयले सुदूरका डेउडा खेलहरूको प्रर्वद्धन गरिरहेका छन् । प्रत्यक्ष देउडा खेलबाट भाइरल भएका जेआर अहिले सबैको लोकप्रिय कलाकार बनेका छन् ।
गीत हेर्न यो लिंकमा https://www.youtube.com/watch?v=jcDepdJcEWk थिच्नुहोस् ।