Sagun Khabar
दार्चुलाको लेकमले ल्याएन बजेट 

दार्चुलाको लेकमले ल्याएन बजेट 
दार्चुला –दार्चुलाको लेकम गाउँपालिको आर्थिक वर्ष ०७८÷०७९ को नीति कार्यक्रम र बजेट ल्याउन सकेको छैन् । जिल्लाका ८ वटा स्थानीय तहले निर्धारित समय सीमाभित्रै नीति कार्यक्रम र बजेट गाउँ सभामा प्रस्तुत गरेपनि लेकम गाउँपालिकामा भने नीति कार्यक्रम र बजेट लयाउन नसकेको हो ।

काग्रेसको विरोध गरेका कारण नीति कार्यक्रम र बजेट प्रस्तुत हुन नसकेको बताईएको छ । लेकम गाउँपालिकाले नीति कार्यक्रम ल्याउन छफफल चलाएकै बेला राजनीतिक दलहरुबीच विवाद उत्पन्न भएको थियो ।  

Atrya hospital

गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेबाट निर्वाचित छन् भने कार्यपालिकामा बहुमत सदस्य नेपाली काग्रेसका रहेका छन् । कार्यपालिकामा ११ सदस्य नेपाली काग्रेस र नेकपा एमालेका तीन जना सदस्य छन् । स्थानीय तहका जनप्रतिनिधिले अन्तिम पटकको बजेट ल्याउन लागेको कारण दलहरुबीच विवाद बढेको हो।  

तर, लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरले भने नीति कार्यक्रम र बजेट चाडै ल्याउने तयारी भईरहेको बताए । दलहरुबीच बजेट ल्याउनेबारे छलफल भईरहेको जनाईएको छ ।

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update