Sagun Khabar
बैतडीमा कांग्रेसको देउवा समूहले अधिवेशनका लागि पालिका र क्षेत्रीय संयोजक तोक्यो 

बैतडी–नेपाली कांग्रेसको देउवा समूहले बैतडीमा १५ औं महाधिवेशनका लागि पालिका र क्षेत्रीय संयोजक तोकेको छ । 

संस्थापन पक्षले यसअघि नै पालिका अधिवेशन सम्पन्न गरिसकेको छ भने संस्थापन इतर पक्षले असोज १५ देखि वडा अधिवेशनको तयारी गरेको छ । 

देउवा समूहले कांग्रेसको १५ औं नियमित महाधिवेशनका लागि बैतडीमा पालिका र क्षेत्रीय संयोजकको जिम्मेवारी तोकेको जिल्ला अधिवेशन तयारी समितिका संयोजक बिरबहादुर बिष्टले बताए । 

प्रदेश सभा (क) का लागि क्षेत्रीय कार्यसमितिका सभापति विष्णुदत्त भट्टलाई संयोजक तोकेको छ भने प्रदेश सभा (ख) का लागि क्षेत्रीय कार्यसमितिका सचिव धनबहादुर क्षेत्रीलाई संयोजक तोकेको छ । 

यस्तै दशरथचन्द नगरपालिकामा पूर्व नगर सभापति लालबहादुर चन्द, पाटन नगरपालिकामा नगर उपसभापति कृष्णबहादुर कुँवर, मेलौली नगरपालिकामा नगर कार्यसमिति सहसचिव महेशदत्त भट्ट, पुर्चौंडी नगरपालिकामा प्रदेश सभा (क) क्षेत्रीय उपसभापति कर्णबहादुर जागरी र सुर्नया गाउँपालिकामा गाउँपालिका सभापति प्रताप महरालाई संयोजक तोकेको छ । 

यस्तै दोगडाकेदार गाउँपालिकामा गाउँपालिका सभापति नन्दराज भट्ट, डिलाशैनी गाउँपालिकामा गाउँपालिका उपसभापति राम नाथ, सिगास गाउँपालिकामा जिल्ला सदस्य केदारनाथ अवस्थी, शिवनाथ गाउँपालिकामा गाउँकार्य समिति सदस्य मोहनसिंह धनाडी र पञ्चेश्वर गाउँपालिकामा गाउँकार्य समिति सचिव गजेन्द्र चन्दलाई संयोजक तोकेको बिष्टले जानकारी दिए । 

Nc-1790304027.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ०८:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update